काठमाडौँमा पनि मनाइयो भूमे/भूम्या पर्व

काठमाडौँ । रोल्पा र रुकुममा मगर समुदायले मनाउने भूम्या पर्व बुधवार काठमाडौँमा पनि मनाइएको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा बुधवार काठमाडौँको खुल्लामञ्चमा भूमे/भूम्या पर्व मनाइएको हो । त्यस अवसरमा उनीहरूले आफ्नो संस्कृति झल्कने खालका वेशवुषासहितको नाचगान गरेका थिए ।

उनीहरूले एक आपसमा सुख, शान्ति र समृद्धिको शुभकामना पनि साटासाट गरेका छन् । कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले १८ मगरात क्षेत्रमा बसोबास गर्नेहरूले भूमि पूजा गरेर मनाउने भूम्या पर्व सवैतिर फैलिएको बताए ।

पुनले ऐतिहासिक संस्कृतिले मुलुकको पहिचान झल्काउने भएकाले सबै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

यस पर्वको विशेष महत्त्व भनेको आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नु हो । मगर समुदायले यस पर्वलाई दैवी विपत्तिबाट जोगिनका लागि गरिने उत्सवको रूपमा पनि लिने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *