वाग्मती प्रदेश बजेट : स्थानीय तहका लागि १ अर्ब ७५ करोड समानीकरण अनुदान

चितवन । वाग्मती प्रदेश सरकारले स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदानको लागि छुट्टाएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गर्दै समानीकरण अनुदानको लागि उक्त बजेट विनियोजन गरेको बताए ।

यस्तै, यसपटक वाग्मती प्रदेश सरकारले नमुना समाजवादी कार्यक्रम सञ्चालन गर्ने मन्त्री जम्कट्टेलले बताए । उनले नमुना समाजवादी कार्यक्रमको लागि २५ करोड बजेट विनियोजन गरेको जनाए ।

मन्त्री जम्कट्टेलले बजेट प्रस्तुत गर्दै किसानलाई दूधमा दिने अनुदान कार्यक्रमलाई निरन्तता दिने बताए । वाग्मती प्रदेश सरकारले किसानलाई दूधमा प्रतिलिटर २ रुपैँया अनुदान दिँदै आएको छ । सो अनुदानलाई निरन्तरता दिने मन्त्री जम्कट्टेलले बजेट भाषणमा प्रस्तुत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *