धनगढीमा पनि खुल्यो ग्लोबल डायस्पोराको शाखा

काठमाडौँ । ग्लोबल डायस्पोरा एजुकेशन कन्सल्टेन्सीको नयाँ शाखा कैलालीको धनगढीमा पनि खुलेको छ । काठमाडौँको पुतली सडकमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीको नयाँ शाखा बुधबार धनगढीमा औपचारिक रूपमा खुलेको हो ।

नयाँ शाखाको एजुकेशन कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक रिजन मडैले रिबन काटेर उद्घाटन गरेका थिए । विद्यार्थीहरूको माग र उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहनेहरूलाई सहजीकरण गर्न धनगढीमा शाखा शुभारम्भ गरिएको प्रबन्ध निर्देशक मडैले जानकारी दिए ।

शुभारम्भ समारोहमा कन्सल्टेन्सीका कार्यकारी निर्देशक राहुल रेग्मी, ब्राण्ड एम्बेसडोर रवि ओड, जापानी भाषा प्रशिक्षक हरिश रिमाललगायतको उपस्थिति रहेको थियो ।

ग्लोबल डायस्पोरा एजुकेशनले जापान, अस्ट्रेलिया, क्यानडा, युके, अमेरिकालगायत देशहरूमा अध्ययनको लागि विद्यार्थी पठाउने गर्छ ।  कन्सल्टेन्सीले यसअघि कञ्चनपुरको भीमदत्तनगरमा पनि शाखा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =