एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छैन : कानुनमन्त्री

काठमाडाैँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै सरकारको तयारी नभएको स्पष्ट पारेकाे छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कोइरालाले सो सम्झौताका लागि कुनै पक्ष या सरकारले आग्रह नगरेको भन्दै भ्रममा नरहन पनि आग्रह गरे ।

अमेरिका सेना नेपालको इजाजत बिना जबर्जस्ती आउन नसक्ने उनले बताए । उनले सरकारलाई बदनाम गर्नका लागि एसपिपी सम्झौताको हल्ला फैलाएको तर्क गरे ।

त्यस्तै मन्त्री कोइरालाले संसद्ले पारित गरेकै दिन अमेरिकी सरकारले एमससी सम्झौताका व्याख्यात्मक घोषणालाई स्वागत गरेकाले उक्त घोषणा सम्झौताको अंग बनेकामा द्विविधामा नपार्न आग्रह पनि गरे ।

उनले डेढ दशकदेखि अलपत्र परेको संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउन कानुन सुधार जरुरी रहेको बताए । बलात्कारमा हदम्यादबारे भने कानुन आयोगले अध्ययन गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =