गगन भन्छन्- ‘प्रधानमन्त्री आफैँ संसद्‌मा उभिएर आफ्नै शैलीमा एसपीपी हुँदैन हुँदैन हुँदैन भन्नुपर्छ’

काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले अमेरिकी-नेपाली सेना फाेर्सबीच हुने भनिएकाे स्टेट पार्टरसीप प्राेग्राम [एसपीपी] देशकाे हितनमा नभएकाे बताएका छन् । बुधबारकाे संसद्‌मा बाेल्दै उनले भनेका छन्, ‘सामरिक कुराहरूमा शक्ति राष्ट्रसँग हामी छेउमा पनि जानु हुँदैन । यसमा सचेत रहाैँ ।’

उनले यसकाे जवाफ प्रधानमन्त्री आफैँ संसद्‌मा उभिएर दिनुपर्ने बताएका छन् । उनले भने, ‘यसबारे प्रधानमन्त्रीजीले यहीँ उभिएर जवाफ दिनुपर्छ । आफ्नै शैलीमा हुँदैन, हुँदैन हुँदैन भनेर भन्नुपर्छ । त्यसपछि यसबारे भएका शङ्का, आशङ्का सबै जानेछन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + two =