समाजवादी स्थायी कमिटी बैठक : निर्वाचन समीक्षा प्रतिवेदन पेस

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारबाट सुरु भएको छ ।

पार्टी कार्यालय तीनकुनेमा बसेको बैठकमा सचिवालयले तयार गरेको निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदन पेस गरिएको छ ।

बैठकमा पार्टी अध्यक्ष माधव नेपाल र सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनपछिको अवस्था र रणनीतिक योजनाका बारेमा धारणा राखेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले अबको राजनीतिक कार्यदिशाबारे धारणा तय गर्ने उनले बताए ।

बैठकपछि नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले ५ दलको बीचमा सम्मानजनक तालमेल नभएका कारण निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको बताए ।

बैठक बुधबार पुनः बस्ने समाजवादीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =