देशकाे हित विपरीत काम नगर्न प्रधानमन्त्रीलाई रावलकाे सुझाव (भिडिओसहित)

काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले मुलुकको हित विपरीतको काम नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिएका छन् ।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले स्वेच्छाचारी ढंगले मुलुकको हित विपरीतको काम गर्न खोजेको भन्दै यस्तो काम बन्द गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।
रावलले सैनिक शक्ति राष्ट्रको पछि लाग्ने जनादेश प्रधानमन्त्रीलाई नभएको भन्दै श्रीमती आरजु राणालाई समेत भारतसँग उर्जा जिएससँग वार्ता गर्न लगाएको आरोप लगाए ।
अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिएको र यो नेपाललाई एउटा कुनै देशको सैनिक अखडाको रूपमा परिणत गर्ने षडयन्त्र भएको उनले बताए ।
उनले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) ले नेपालको स्वतन्त्र परराष्ट्र नीति उलंघनका साथै नेपालको अस्तित्वमाथि नै धावा बोल्ने तर्क गरे । रावलले गम्भीर कुरा उठ्दा पनि सरकारले मौनता साध्नु गैरजिम्मेवारीपन भएको धारणा राखे ।
त्यस्तै, कांग्रेस नेता मीन विश्वकर्माले अमेरिका नेपालको सहयोगी मित्रराष्ट्र रहेकाले सैन्य क्षेत्रमा अमेरिकाले नेपालाई सहयोग गर्दै आएको बताए । उनले अमेरिकाको सैन्य सम्बन्धमा नेपाली सेनाको आधुनिकिरणका र क्षमताबृद्धिलाई थप मजबुद बनाउने बुझाईका साथ सरकारले काम गरिरहेको उहाको भनाई छ ।
उनले एमसीसी नेपालको हितमा उर्जा क्षेत्रका लागि सहयोग प्राप्त भएको र सैन्य सामाग्री पनि सहयोग स्वरूपकै रूपमा आएको तर्क गरे ।
भिडिओ








