आज विश्व रक्तदाता दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैँ । विश्व  रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । दिवसका अवसरमा ब्लड डोनर्स एशोसियसन अफ नेपालले काठमाडौंमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडाले रगत अभाव हुन नदिन ब्लड डोनर्स एशोसियसनले खेलेको भूमिको प्रसंसा गरे । मन्त्री खतिवडाले आगामी आर्थिक बर्ष स्वास्थ्य क्षेत्रको बिकासका लागि सरकारले ध्यान केन्द्रीत गर्ने बताए ।

उनले पाठेघरको क्यान्सर हुन नदिन निशुल्क खोपको व्यवस्था गर्न लागिएको जानकारी दिए । जेष्ठ नागरिकलाई सहज रुपमा उपचार गर्नका लागि सरकारले आवश्यक तयारी गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + thirteen =