जिसस मोरङमा एमालेको प्यानलै निर्वाचित, सदस्यमा कांग्रेसको अन्तर्घात

विराटनगर । जिल्ला समन्वय समिति मोरङमा एमालेको टिम निर्वाचित भएको छ। एमालेको बहुमत रहेको मोरङमा प्रमुख उपप्रमुख सहित टिम नै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा एमालेका अजम्बर राई र उपप्रमुखमा उषा झा निर्वाचित भएका हुन् । एमालेका प्रमुखका उम्मेदवार राईले २१ मत पाउँदा नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार जीतेन्द्र अग्रवालले १३ मत मात्र प्राप्त गरे ।

उपप्रमुखमा एमालेकी उषा झाले २१ मत पाउँदा कांग्रेसकी निलमकुमारी सरदारले १३ मत पाइन् । महिला सदस्यमा उपा नेपाली, उर्वशीकुमारी थारु र हरिमाया विश्वकर्मा निर्वाचित भए । अन्य सदस्यमा तलसीप्रसाद घिमिरे, देवमणी कटुवाल र मित्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसले जिसस सदस्यमा फ्लोस क्रस गरेका छन् । एमाले २१ मात्र मत रहेको मोरङमा खुला सदस्य घिमिरे, ढकालले समान २२ मत पाए भने र महिला सदस्य उपमा नेपालीले २३ मत पाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =