युरिया दाना मलको विकल्प : भारतले ५ लाख लिटर नानो युरिया दिने

काठमाडौँ । बोरामा प्याक भएको युरिया दाना मलको विकल्पमा नानो युरिया नामक झोल (घुलित) मल बजारमा आएको छ । भारतमा उत्पादन भएको यो मल नेपालको विराटनगर क्षेत्रमा उपलब्ध हुन थालेको कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले बताएका छन् ।

‘बोराको युरिया मलको विकल्पका रुपमा पूर्वको विराटगरमा बजारमा उपलब्ध हुन थालेको छ,’ बजेटमाथिको छलफलमा संसदमा उठेको प्रश्नबारे जवाफ दिँदै उनले भने, ‘भारतले हामीलाई यो वर्षका लागि ५ लाख लिटर नानो युरिया दिने भएको छ ।’

उनका अनुसार १ लिटरको ८ सय रुपैयाँ पर्ने उक्त नानो युरियाले १ विगाहा जमिनलाई नाइट्रोजन पुग्ने उनले बताए ।

‘हामीले १ बोरा युरिया मलको साटो १ लिटर नानो युरिया प्रयोग गर्न सक्छौँ,’ उनले भने, ‘यसका लागि हामीले कृषि अनुसन्धान परिषद् (नार्क)को सिफारिस अनुसार भारत सरकारले उक्त नानो युरिया उपलब्ध गराइ दिन पत्र लेखेका थियौैँ । पछि भारत जाँदा हामीलाई भारतले ५ लाख लिटर नाना युरिया उपलब्ध गराउने स्वीकृति दिएको छ ।’

वर्सेनी मलको अभाव हुने देखिएकोले यसको सही समाधान भनेको देशभित्रै मल उत्पादन गर्नु आवश्यक हुने उनले बताए । यसका लागि लगानी बोर्डले अध्ययनलगायतका प्रक्रिया अघि बढाएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *