भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा चिनीको मूल्य बढ्दो

काठमाडौँ । गत जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको छ ।

निर्यातमा प्रतिबन्ध लागेसँगै नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलोग्राम ५ देखि १० रूपैयाँसम्म बढिरहेको छ । पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारको भनाइ छ । उनले भने, ‘चिनीको मूल्य हामीले बढाएको जस्तो गर्छन्। हामीले पनि उद्योगीसँग किनेर ल्याउने हो । उतै मूल्य बढेकाले हामीले बढाएका हौँ ।’

यसअघि प्रतिकिलो रु. ९५ देखि एक सय रूपैयाँसम्म कारोबार हुँदै आएको चिनी अहिले प्रतिकिलो १ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । संघले जेठ १५ गते पठाएको तथ्यांकअनुसार चिनीको मूल्य प्रतिकिलो एक सय रूपैयाँ रहेको थियो ।

उनका अनुसार भारतीय सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएदेखि नै चिनीको मूल्यमा प्रतिकिलो दुईदेखि तीन रूपैयाँ बढिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *