मस्को पुग्यो खेलकुदमन्त्री गहतराजसहितको नेपाली भ्रमण टोली

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज मस्को पुगेका छन् । सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँच दिने औपचारिक भ्रमणमा निस्किएका मन्त्री गहतराज नेतृत्वको टोली दुबई हुँदै मंगलबार बिहान रुसको राजधानी मस्को पुगेको हो ।

मस्को विमानस्थलमा मन्त्री गहतराजसहितको नेपाली प्रतिनिधि मण्डललाई नेपाली दुतावास तथा एनआरएनका प्रतिनिधिले स्वागत गरेका थिए । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा रुस पुगेका मन्त्री गहतराजले मंगलबार नै खेलकुद मन्त्री म्याटिसिनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव दामोदर रेग्मीले जानकारी दिए ।

पाँच दिने भ्रमणका क्रममा मन्त्री गहतराजले ‘रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३’ मा हस्ताक्षर गर्ने कार्यक्रम छ । साथै रुसले खेलकुद क्षेत्रको विकास गर्न अवलम्वन गरेको नीति तथा खेलकुद विश्वविद्यालय सञ्चालनको प्रक्रियाबारे समेत जानकारी लिएका छन् । साथै अन्तर्राष्ट्रिय रंगशाला तथा खेलकुद संग्राहलयको समेत अनुगमन गर्ने कार्यक्रम छ ।

भ्रमणकै दौरान मन्त्री गहतराजले अन्तराष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेमलेम, बक्सिङ महासंघ रसियाका महासचिव लगाएत विभिन्न खेलसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुसँग नेपालको समग्र खेलकुद क्षेत्रको विकास तथा पारस्परिक सहयोगका विषयमा समेत कुटनैतिक भेटघाट तथा छलफल गर्नेछन् ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित रुसको भ्रमणमा रहेका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =