मोड्रिचको गोलमा फ्रान्सको हार

काठमाडौँ । यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १-० अन्तरले पराजित भएको छ ।

पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्सले पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेकाे पेनाल्टी गोल नै निर्णायक भयो ।

यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराव प्रदर्शन जारी राखेको छ । उसले ४ खेल खेल्दा जम्मा दुई अंक जोडेर पुछारमा छ । क्रोयसिया भने ४ खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *