आईजीपी नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दैमा’, अर्काे सुनुवाइ असार ५ गते

काठमाडाैँ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वाेच्च अदातलमा परेकाे रिट ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको रिट हेर्दाहेर्दैमा राखिएको हो ।

सरकारले धीरजप्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटको सुनुवाइका लागि यसअघि जेठ १७ गतेको इजलासले सोमबारका लागि पेशी तोकेको थियो । गोलाप्रथाबाट पेशी तोक्दा कामु प्रधानन्यायाधीश कार्की र चुडालको इजलासमा परेको थियो ।

अब रिटमाथि असार ५ गते सुनुवाई हुने सर्वाच्च अदालत स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *