थप १५ जनामा कोरोना संक्रमण, १०२ सक्रिय संक्रमित
२०७९ जेठ ३० गते

काठमाडाैँ । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ८६ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार १ सय २५ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय १७ जना निको भएका छन् ।
हाल नेपालमा १ सय २ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








