मलबिना कृषि उत्पादकत्व घट्नेबारे सांसदकाे सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । सांसदहरूले तत्काल मल अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पेस गरेको जरुरी सार्वजनिक महत्त्वको विषयमाथिको छलफलका क्रममा उनीहरूले विगतदेखि नै पहल हुँदै आए पनि मलको आपूर्तिको समस्या कायमै रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले मुलुकलाई चाहिने चार लाख मेट्रिक टन मल कहिले ल्याउने हो भनी सरकारसँग प्रश्न गरे ।

उनले मुलुकमा १० लाख मेट्रिक टन धान अभाव रहेको, विश्वका कतिपय मुलुकले निर्यातमा रोक लगाइसकेका बेला अब नेपालले किन्नसमेत पाउने अवस्था नरहेपछि धान, चामल किन्न कहाँ जाने भन्दै प्रश्न गरे । उनले समयमै मलखाद दिन नसके उत्पादकत्व घट्ने र मुलुक ठूलो खाद्यान्न अभावमा पर्ने देखिएको बताए ।

त्यस्तै सांसद मीन विश्वकर्माले मल समयमा किसानले पाउनुपर्नेमा जोड दिँदै विगतमा अनियमितताको आशंकामा अख्तियारले पत्र काटेकाले कृषि सामग्री संस्थानले टेन्डर रद्द भएको बताए ।

सांसद शक्तिबहादुर बस्नेत मुलुकको विभिन्न परिस्थितिका कारण मुलुकमा सधैँ नै मल अभाव हुँदै आएको र समस्या समाधानका लागि हरित अर्थतन्त्र नै महत्त्वपूर्ण भएको बताए समस्या कृषि मन्त्रीबाटै पनि समाधान हुन नसक्ने भएकाले प्रधानमन्त्रीस्तरबाटै उच्चस्तरीय संवाद जरुरी रहेको उनले बताए ।

सांसद महेश बस्नेत फोहरलाई कम्पोस्ट मलका रूपमा रूपान्तरण गर्ने योजना ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *