विप्लव नेतृत्वको नेकपाको आरोप- अमेरिका नेपाललाई यूक्रेन बनाउन चाहन्छ (भिडिओसहित)

काठमाडौँ । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले अमेरिकाले नेपाललाई यूक्रेन बनाउन चाहेको बताएको छ । सोमबार एमसीसीको नेपाल शाखा एमसीएको कार्यालय, दरबारमार्ग घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य माइला लामाले भने, ’अमेरिका नेपाललाई यूक्रेन बनाउन चाहन्छ । तर हामी त्यसको सशक्त प्रतिरोध गर्छाैँ र नेपाललाई यूक्रेन बनाउन दिँदैनौँ ।’

अमेरिकाको त्यो अभियानमा नेपालका दलाल पूँजीपति वर्गहरूले साथ दिएको आरोप नेकपाको छ ।

नेकपाले अमेरिकी सहायता परियाेजना एमसीसीकाे विराेध गर्दै आएकाे छ । एमसीसी नेपालकाे संसद्‌ले भने २०७८ फागुन १५ गते पारित गरिसकेकाे छ । यसपछि पनि नेकपाले भने विराेध र प्रदर्शन गर्दै आएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *