जिसस कैलालीमा गठबन्धनको जित, स्वतन्त्र बने निर्णायक

धनगढी । कैलाली जिल्ला समन्वय समितिमा सत्ता गठबन्धन विजयी भएको छ। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको सहयोगमा सत्ता गठबन्धनका उम्मेदवारीले विजय प्राप्त गरेका हुन् ।

समितिको प्रमुखमा नेपाली कांग्रेसका पदम कलेल विजय गरे । उनले १३ मत प्राप्त गरे भने नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार इन्द्र चौधरीले १२ मत पाए ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् । सदस्य विजयी हुनेमा नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी १५,, लोकेन्द्रबहादुर ताडी १४, र बिर्खबहादुर बुढा १४ विजयी भए ।

यस्तै सदस्यमै माओवादीबाट दिलु कामी १४, कांग्रेसबाट तेजबहादुर चन्द र नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल विजयी भए । चन्द र भूल दुवै जना गोलाप्रथाबाट विजयी भएका हुन ।

जिसस निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध दलबीच तालमेल भएको थियो भने एमाले र नागरिक उन्मुक्ति पार्टीले छुट्टै तालमेल गरेका थिए । दुबैतिर १२/१२ मत भार रहेको अवस्थामा स्वतन्त्र मेयर हमाल निर्णायक बने ।

जिल्लामा १३ पालिकाका २६ जना मतदाता थिए । तर, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि २५ मत मात्रै खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *