‘प्रधानमन्त्रीकाे अमेरिका भ्रमण रातारात काेही आएर हेड अफ दी स्टेटलाई भेटेजस्ताे हाेइन’

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाकाे अमेरिका भ्रमण ‘नर्मल प्राेसेस’ भएकाे प्रष्टाेक्ति दिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भाग लिँदै यस्ताे बताएका हुन् । प्रधानमन्त्रीकाे अमेरिका भ्रमणबारे प्रश्न उठाउनु स्वाभाविक नभएकाे उल्लेख गर्दै उनले भने- ‘२८ गते प्रधानमन्त्री अमेरिकाकाे भ्रमणमा जाने भन्ने सुनेकाे छु । याे नर्मल प्राेसेस हाे । यसबारे अनावश्यक टिप्पणी गर्नुपर्न मैले केही देखिनँ ।’
उनले खुफिया प्रमुखले रातारात आएर ‘हेड अफ दी स्टेट’लाई भेटेकाेजस्ताे नभएकाे जिकिर गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अन्य राष्ट्रका अमूक व्यक्तिहरूले भेटेकाेजस्ताे प्रधानमन्त्री देउवाकाे अमेरिका भ्रमण नभएकाे बताए । ‘अमेरिकी अधिकारी नेपाल आएको पारदर्शी छ । रातारात खुफिया प्रमुखले हेड अफ दी स्टेटलाई आएर भेटेको जस्तो छैन । सबै पारदर्शी छ, यसबारे अनावश्यक आशङ्का गरिरहन पर्दैन,’ उनले भनेका छन् ।








