रोनाल्डो बिनाको पोर्चुगल पराजित
२०७९ जेठ ३० गते

काठमाडौँ । यूइएफए नेसन्स लिग अन्तर्गत स्वीट्जरल्याण्डले पोर्चुगललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्वीट्जरल्याण्डले पोर्चुगलमाथि १-० गोल अन्तरको जित हासिल गरेको हो ।
स्वीट्जरल्याण्डको जितमा खेलको पहिलो मिनेटमा हारिस सेफेरोभिकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले खेलको ५७औँ सेकेन्डमा गोल गरेका थिए जुन नेसन्स लिगको अहिलेसम्मको सबैभन्दा छिटो गोलको किर्तिमान समेत बनेको छ । याे खेलमा पोर्चुगल कप्तान तथा स्टार भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोविना मैदान उत्रिएको थियाे ।
यो जित पछि स्वीट्जरल्याण्डले नेसन्स लिगमा आफ्नो चौथो खेलमा पहिलो जित हासिल गरेको छ । त्यस्तै पोर्चुगलको भने यो हार पछि ४ खेलमा ७ अंक भएको छ र समुह २ मा दोस्रो स्थानमा रहेको छ ।
२०७९ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








