जेठ ३० गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. जेठ ३०, २०७९ । ई.सं. १३ जुन २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । सोमबार ज्येष्ठ शुक्लपक्ष । तिथि- चतुर्दशी, २०:०३ बजे उप्रान्त पूर्णिमा । नक्षत्र- अनुराधा, २०:५९ बजे उप्रान्त ज्येष्ठा । योग- सिद्ध, १३:२० बजे उप्रान्त साध्य । करण- गर ९:०९ बजेदेखि वव, २०:०३ बजे उप्रान्त कौलव । चन्द्रराशि वृश्चिक । आनन्दादि योग मानस । दिनमान ३४।३३ । सूर्योदय ५:०९ । सूर्यास्त १८:५९ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मिक सन्तुष्टि मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । तीर्थाटनको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।सिंह (मा,

मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योजना बन्ला, तर शेयर बजारमा नोक्सानी हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक साथ र सहयोग पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन मध्यम रहनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर खर्च भने बढ्नसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारको लगानीले पछि राम्रो हुनसक्छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । –हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twelve =