बन्चरो प्रहार गरी भाइको हत्या, आरोपमा दाजु पक्राउ

विराटनगर । सुनसरीमा हत्याको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–४ मा बन्चरो प्रहार हत्याको आरोपमा मृतकका दाइलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बराहक्षेत्र ४ का ३० वर्षीय देवराज धामी रहेका छन् । आज आइतबार बिहान देवराजले आफ्नै भाइ १८ वर्षीय देवकुमार धामीलाई सामान्य विवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहारबाट गम्भिर घाइते भएका देवकुमारलाई घर परिवारका मानिसले तत्कालै उपचारको लागि वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको तर, उपचारका क्रममा नै उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बन्चरो प्रहार गरी भाइको हत्या गरेको आरोप लागेका देवराजलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *