धर्म परिवर्तनले राष्ट्रिय एकता कमजाेर बनाइरहेकाे छ : अध्यक्ष थापा
२०७९ जेठ २९ गते

पाेखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछिल्लाे समय नेपालमा धर्म परिवर्तनले तीव्ररूप लिएकाे बताएका छन् । आइतबार पाेखरामा आयाेजित ‘वर्तमान चुनाैती र विकल्प’ विषयक अन्तरक्रियालाई सम्बाेधन गर्दै यस्ताे बताएका हुन् । ‘नेपालमा धर्म परिवर्तन भइरहेकाे छ । यसले नेपालकाे राष्ट्रिय एकतालाई कमजाेर बनाइरहेकाे छ,’ उनले भनेका छन् ।
याे क्रम अझै यही गतिमा चलेकाे खण्डमा राष्ट्रका लागि राम्राे नहुने उनकाे भनाइ छ ।
२०७९ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित








