नेकपा एमाले मकैको घोगा जस्तो हो: ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मकैको घोगाजस्तो भएको बताएका छन् ।

आज शनिबार काठमाडौँको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा आयोजित एमाले समर्थित कलाकारहरूको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले भनेका छन्, ‘हामीले मकै गोडिदियौँ भने, फेदमा मलजल गरिदियौँ भने मकैका घोगालाई हामीले सुम्सुम्याउनु पर्दैन, घोगा बोटले आफै हाल्छ । त्यस्तै देशलाई हामीले माया गर्ने बित्तिकै एमाले मकैका घोगाजस्तै आफै फुँक्छ, स्वतः’

साथै, उनले राष्ट्रियताका मुद्दा, सीमा-नक्साका मुद्दा एमाले मात्रैले उठाएको समेत दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *