जिसस धनकुटाको प्रमुख-उपप्रमुखमा एमाले निर्वाचित

विराटनगर । जिल्ला समन्वय समिति, धनकुटाको दुवै शीर्ष पदमा एमाले विजयी भएको छ ।

आज शनिबार भएको निर्वाचनबाट ९ मतका साथ निरेन तामाङ प्रमुख पदमा निर्वाचित भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हर्क चेम्जोङले भने ५ मत ल्याएका छन् । यस्तै, उपप्रमुखमा सावित्रा राई ९ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी मञ्जु कार्कीले ४ मत प्राप्त गरिन् ।

महिला सदस्यमा इन्दिरा सुब्बा (याक्खा), कमलकुमारी लिम्बू, सीता भण्डारी (बराल), दलित वा अल्पसङ्ख्यक सदस्यमा बालकुमारी रुचाल निर्वाचित भएका छन् । अन्य सदस्यहरूमा टिकाराम मगर, नेत्रबहादुर भण्डारी र रविन्द्र न्यौपाने निर्वाचित भएका छन् ।

धनकुटा जिल्लामा जम्मा १४ जना मतदाता रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *