पोर्चुगलमा बेपत्ता नुवाकोटका सुजनको शव समुद्रमा भेटियो

काठमाडौँ । पोर्चुगलमा बेपत्ता नुवाकोटका युवाको शव समुद्रमा भेटिएको छ । करिब दुई महिना अघिदेखि बेपत्ता भएका नुवाकोटको बेलकोटगढी नगरपालिका-१२, का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो ।

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भएपनि पहिचान हुन सकेको थिएन । परिवारले बिहीबार मात्रै शवको पहिचान गरेपछि प्रहरीले खबर गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *