इलाममा स्कारपियो दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते

विराटनगर । इलाम र पाँचथरमा भएको सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मेची राजमार्ग अन्तरगत इलामको सुर्योदय नगरपालिका ७ सुकेपोखरीमा झापाबाट फिक्कल तर्फ जादै गरेको प्रदेश न। १–०१–००१ च ९१९३ नम्बरको स्कारपियो आफै अनियन्त्रीत भई दुर्घटना भएको हो ।

दुर्घटनाबाट स्कारपियोमा सवार ६ जना घाइते भएकामध्ये एक जनाको मृत्यु भएको हो । दुर्घटनामा झापाको बिर्तामोड नगरपालिका ३ बस्ने ५७ वर्षीय ईश्वरी प्रसाद खरेलको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुहरुमा गाडी चालक झापा बिर्तामोड नगरपालिका ५ बस्ने ५० वर्षीय गणेश पराजुली, विर्तामोड ४ का ४५ वर्षीय एकराज बिष्ट, विर्तामोड ४ का ४५ वर्षीय डिल्ली बस्नेत, विर्तामोड ३ का ४७ वर्षीय तस बहादुर प्रधान र विर्तामोड ४ का ५३ वर्षीय सन्तोष श्रेष्ठको वि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी पाँचथर फालेलुङ गा ३ नाम्लोवामा प्र. १–०२–००३ त १८५४ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुरेश साँवालाई ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *