नेपाल र कुवेतबीचको खेल : युवा खेलाडीको परीक्षा

काठमाडाैँ । एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतसँग खेल्दैछ । खेल कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा स्थानीय समय अनुसार राति ७ः१५ मा (नेपाली १० बजे) सुरु हुने भएकाे हाे ।

प्रतियोगितामा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूहको पहिलो खेलमा घरेलु टोली कुवेत इन्डोनेसियासँग २-१ अन्तरले पराजित भएको थियो । नेपाल बलियो टोली जोर्डनविरुद्ध २-० अन्तरले खेल गुमाएको थियो ।

जोर्डनविरुद्ध युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सोहि सेटलाई मौका दिने योजनामा छन् । गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङले डेब्यु खेलमा आशालाग्दो प्रदर्शन गरेका थिए ।

उमेर ढल्केका खेलाडीलाई टोलीमा स्थान दिँदा हाल कुवेत एफए नै विवादमा तानिएको छ र उसको समर्थन समेत पहिलो खेलमा खुसी देखिएका थिएनन् । औषत ३० उमेरका खेलाडी सामु नेपालका औषत २२ खेलाडीले जुझारु प्रदर्शन गर्नेमा प्रशिक्षक अब्दुल्लाह विश्वस्त छन् ।

नियमित र अनुभवी १० खेलाडी विना कुवेतमा रहेको नेपाली टिमको यस खेललाई परिक्षाको रुपमा समेत हेरिएको छ । जोर्डनसँग बराबरी गर्ने योजना सफल नभएपछि प्रशिक्षक अब्दुल्लाहले बाँकी दुई खेलमा आफ्नो पक्षमा खेल पार्ने योजना बुनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *