जेठ २८ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. जेठ २८, २०७९ । ई.सं. ११ जुन २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । शनिबार ज्येष्ठ शुक्लपक्ष । तिथि- द्वादशी, २४:०४ बजे उप्रान्त त्रयोदशी । नक्षत्र- स्वाती, २३:२५ बजे उप्रान्त विशाखा । योग- परिघ, १८:३२ बजे उप्रान्त शिव । करण- वव १२:५३ बजेदेखि वालव, २४:०४ बजे उप्रान्त गर । चन्द्रराशि तुला । आनन्दादि योग सिद्धि । दिनमान ३४।३१ । सूर्योदय ५:०९ । सूर्यास्त १८:५८ । त्रिपुष्कर २३:२५उ, ०:०४प. ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा प्रसन्न छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ धर्मकर्म, परोपकार तथा समाजसेवा जस्ता कार्यमा मन जाला । कपडाको लगानी राम्रै हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक तनाव बढेको महसुस हुनेछ, तर साँझमा मन प्रसन्न रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ, तर वैदेशिक लगानीले राम्रो प्रतिफल दिन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । –हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *