अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच बीमा विस्तार सम्झौता

काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनी र धनुषाको बटेश्वर गाउँपालिका कार्यालयबीच उक्त पालिकाभित्र बीमा सेवा विस्तार गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअषिश महतोले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल सरकारको बीमा निती अनुरुप स्थानिय निकायसँग सहकार्य गरी बीमाको पहुँच ग्रामीणस्तर सम्म पुर्याउने र बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाई बीमा व्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिने गरी सम्झौता सम्पन्न भएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *