सेयरबजार सुधारकाे माग गर्दै शुक्रवार पनि प्रदर्शन (तस्वीर/भिडिओसहित)

काठमाडाैँ । सेयर बजार सुधारकाे माग गर्दै भन्दै सेयर बजार लगानीकर्ताहरूले शुक्रबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।

पूँजीबजार सुधार गर्न सरकारले ध्यान नदिदा यस क्षेत्र नै धरासयी भएको भन्दै उनीहरूले शुक्रबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म विराेध प्रदर्शन गरेका हुन् ।

भिडिओः

प्रदर्शनमा सहभागीहरूले बजारमाथिको अनावश्यक हस्तक्षेप बन्द गर, सिसिडी रेसियो कामय गर, सेयर धितो कर्जामा जोखिम भार कम गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । पुँजी बजार सुधारका लागि नियमनकारी निकायहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको उनीहरूको आरोप छ ।

पूँजीबजार सुधारका लागि आफूहरूले ध्याणनाकर्ष पत्र बुझाइसकेको अवस्थामा सरकारले कुनै कदम नचाले असार १ गते कडा आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

तस्वीरहरूः

तस्वीरः सराेज बस्नेत/मकालुखबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *