सेलाएन एमसिसी विराेध, खारेज गर्नुपर्ने माग गर्दै विप्लव समूहकाे प्रदर्शन

काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

एमसीसीका नाममा अमेरिकी सम्राज्यवादी हस्तक्षेप बढ्न खोजेकाले यसलाई खारेज गर्नुपर्ने भन्दै नेकपाले शुक्रबार काठमाडौंको शान्तिबाटिकामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले गो ब्याक एमसीसी, अमेरिकी हस्तक्षेप बन्द गर लगाएतका नारा लगाएका थिए ।

त्यस्तै, उनीहरूले भ्रष्ट्राचार एवं कमिशनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरूले मल बीउ नपाएर तड्पीनुपर्ने अवस्था अन्त्य गर्न पनि माग गरेका छन् । नेकपाले जेठ ३० गते एमसीसीका कार्यालय र जिल्ला सदरमुकामहरूमा विराेध प्रदर्शन र घेराउ गर्ने जनाएको छ भने चर्को मँहगी र भाडावृद्धिविरुद्ध असार ५ गते देशव्यापी विराेध प्रदर्शन गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *