धुलोपिठो हुने डरले गठबन्धन टुट्दैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल गठबन्धन नटुट्ने बताएका छन् । नेकपा एमाले मोरङ जिल्ला कमिटीले विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनबाट बाहिरिने बित्तिकै त्यो भित्र रहेका दलहरू धुलोपिठो हुने भएकोले गठबन्धन कायम रहने बताएका हुन् ।

उनले सबै दलहरू एकातिर एमाले एक्लै एकातिर हुँदा पनि एमालेको अरू दलको मत भन्दा पपुलर मत ल्याएकोले एमाले आगामी दिनको तयारीमा जुटेको बताए । उनले भने, ‘एमालेसँग असाधारण शक्ति छ, गठबन्धन टुट्यो भने, खत्तम हुन्छौँ, सखाप हुन्छौँ भन्ने त्रास त्यो भित्रको दलहरूमा देखिन्छ, उनले भने, गठबन्धन एकातिर एमाले एकातिर भएर गठबन्धनलाई हराउने नै हो ।’ गठबन्धन नहुँदा धुलो पिठो हुने डरका कारण जस्तोसुकै अवस्थामा पनि गठबन्धन भित्रका दलहरू त्यही भित्र नै रहने ओलीको तर्क छ। एमालेलाई साँढेको संज्ञा दिएका ओलीले साढे सँग लड्न सक्दिन भनेर गठबन्धन गरेकोले गठबन्धनमै रहेका केही दलहरूको हैसियत बाख्रा सँग लड्न सक्ने खालको बताए ।

देशलाई अगाडी बढाउनको लागि पनि उनले एमालेले एक्लै चुनाव जितेर देखाउनु पर्ने बताए । एमालेले पपुलर र असाधारण मत ल्याएकोमा खुसी व्यक्त गरेका ओलीले एमालेको जनमत के हो भन्ने नागरिकले दिएको मतबाट प्रस्ट भएको बताए । ‘कांग्रेसको भन्दा एमालेको मत बढी छ’, उनले भने, ‘अरूको त हिसाब गर्नै पर्दैन, कांग्रेसको पनि अरू पार्टीहरूको गाँस गाँस जोडेर मात्रै त्यति भोट आएको हो ।’

नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)प्रति लक्षित गर्दै ओलीले काँग्रेसले हामीलाई सामान्य नआँकोस् एमालेको जस्तो हैसियत देखाइदिन्छु भनेर बोलेको कुरालाई पहिला आफ्नो हैसियत हेर्न चुनौती दिएका छन् । ‘कांग्रेसले घमण्ड नगरोस् नत्र एमालेकै हालत बनाइदिउँला भनेर एक जना नेताले भाषण गरेछन्’, अध्यक्ष ओलीले भने, ‘ती नेताको हाइट कतिको छ भनेर हेरेको त कम्मर मुनी घुँडाघुँडा मात्रै रहेछ ।’ एमालेको जस्तो ठुलो पाटी बनाउन सके तिनको हालत कस्तो हुन्थ्यो होला भन्दै उनले व्यंग्य गरे ।

एमाले अध्यक्ष ओलीले पहिला आफ्नो पार्टीको हालत हेर्न चुनौती दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *