थप १७ जनामा कोरोना संक्रमण, १०९ सक्रिय संक्रमित

काठमाडाैँ । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय १५ पिसिआर परीक्षणका क्रममा ७ जना र १ हजार १ सय ५५ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १० संक्रमित निको हुँदा हालसम्म नेपालमा १ लाख ६७ हजार १ सय ८९ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =