सङ्खुवासभामा लगातार वर्षा, पहिरोले भोटखोला जाने सडक अवरुद्ध

लगातारको वर्षाले सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडक अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिराले मकालु गाउँपालिका–३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जीनियर दिपेश रजकले जानकारी दिए ।

आज बिहान ७ बजे खाँदबारी–किमाथाङ्का सडकखण्ड मकालु–३ कोसम्माटारमा पहिरो खसेको सडक अवरुद्ध भएको उनले बताए । सो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । सङ्खुवासभामा दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकले बताए । पानी रोकिए पनि पहिरो हटाउन चार–पाँच दिन लाग्न सडक कार्यालयले जनाएको छ ।

सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।

यसअघि पनि एक महिना बन्द भएको भोटखोला जाने सडक एक साताअघि मात्र खुलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *