हितानकाे पर्या गीत ‘शिशिर खेल्छ लुकामारी’ सार्वजनिक (भिडिओसहित)

काठमाडाैँ । साहित्यकार विजय हितानद्वारा रचित पर्यावरण गीत ‘शिशिर खेल्छ लुकामारी’काे गीति भिडिओ सार्वजनिक भएकाे छ । विश्व वातावरण दिवसकाे अवसर पारेर गीति भिडिओ ५ जून २०२२ का दिन भर्च्यूअलरूपमा सार्वनजिक गरिएकाे हाे ।

थिर थापाकाे संगीत संयाेजनमा बनेकाे गीतमा दीपा लामाकाे स्वर रहेकाे छ । भिडिओमा स्वयम् हितान र उदीयमान माेडल सारा मगर फिचर्ड छन् भने एजेञ्जकाे काम कुमार थापाले गरेका छन् ।

म्युजिक भिडिओकाे निर्देशक विश्वजित थापा हुन् । भिडिओकाे सम्पूर्ण छायाङ्कन यूकेको सुन्दर शहर फोक्सटन नजिकैको वारन कन्ट्रिपार्क, ह्वाइट क्लिफ, र सामुन्द्रिक तटमा गरिएको छ ।

याे हितानको दाेस्रो पर्या गीत हो । यसअघि ‘संरक्षणका हातहरू’ शिर्षककाे पर्या गीत बजारमा आइसकेकाे छ । हितानलाई संरक्षणकर्मी पर्या साहित्यकारकाे रूपमा पनि चिनिन्छ ।

प्रतिक्रिया

One thought on “हितानकाे पर्या गीत ‘शिशिर खेल्छ लुकामारी’ सार्वजनिक (भिडिओसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =