मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन: केपी ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा आफ्नो पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा समेत महत्त्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा एमालेलाई नै पहिलो पार्टी बनाउने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने समेत प्रस्ट्याएका छन् ।

मुलुकमा एमाले एक मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरू वामपन्थी नभएको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेकपा (एकीकृत समाजवादी)का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताए । तर, अन्य पार्टीका नेतालाई आफूले प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै पनि आश्वासन नदिएको उनले बताए ।

उनले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *