आँबुखैरेनी पहिरो : कार पुरिएको स्थानमा शव भेटियो

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ आँबुखैरनीस्थित सडक भासिएको स्थानमा एक शव भेटिएको छ । तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीकाअनुसार सडक भासिएको स्थानभन्दा तल नदी छेउमा शव भेटिएको हो ।

माथिबाट शव देखिएको ठाउँमा एउटा सवारी साधन पनि पुरिएको अवस्थामा देखिएको रेग्मीको भनाइ छ । ‘एक शव र एउटा कारको हुट देखिएको छ, कारमा कति सवार थिए भन्ने खुलेको छैन,’ उनले भने, ‘भासिएको स्थान भीर र नदीको बहाव ठूलो भएकोले उद्धारमा कठिनाइ भइरहेको छ ।’ अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार जारी राखेको छ ।

अविरल वर्षाले आँबुखैरनी गाउँपालिका -४ साँखरस्थित ड्याम साइटमा सडक भासिदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । मर्स्याङ्दी जलविद्युत केन्द्रको ड्याम नजिक राजमार्गको तलबाट पहिरो खसेकोले दुईतर्फी यातायात अवरुद्ध भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *