रुपन्देहीको कपास उद्योगमा आगलागी

काठमाडाैँ । रुपन्देहीको सैनामैनामा रहेको एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना-६ कलौनीको पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा बिहान ४ बजेदेखि आगो लागेको हो ।

आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ लगायत जलेर नष्ट हुँदा ८६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलकाअनुसार विद्युत् सट भएका कारण आगो लागेको हुनसक्नछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *