राप्रपामा तोकिए थप चार विभाग प्रमुख, ज्वाला संग्रौला बनिन् सामाजिक विभाग प्रमुख

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार विभागका प्रमुख तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार स्थानीय तह परिचालन, महिला, शिक्षा र सामाजिक विभाग प्रमुख तोकेका हुन् ।

उपाध्यक्ष रोशन कार्कीलाई स्थानीय तह परिचालन विभागको प्रमुख बनाइएको छ । महामन्त्री कुन्तीकुमारी शाहीलाई महिला विभाग प्रमुख र केन्द्रीय सदस्य रोजेश गिरीलाई शिक्षा विभाग प्रमुख बनाइएको छ । ज्वाला संग्रौलालाई सामाजिक विभाग प्रमुखको जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ ।

यसैबीच निरञ्जन थापाको संयोजकत्वमा रहेको विवाद समाधान तथा छानबिन समितिलाई पूर्णता दिइएको छ । धुलिखेलमा हालै बसेको केन्द्रीय कार्यसम्पादन समितिले यो समिति बनाएको थियो ।

उक्त समितिमा महामन्त्री प्रह्लादप्रसाद शाह सदस्य सचिव र ऋषिबाबु परियार, सरस्वती केसी अधिकारी र राजु बस्नेत सदस्य रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 9 =