काठमाडौँको फोहोर उठाउन १८ बुँँदे सहमति, अब राति मात्रै लैजान पाउने

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन समस्या समाधान गर्न बिहीबार मध्यरातमा १८ बुँदे सहमति भएको छ । सिसडोल बञ्चरेडाँडा-कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार आजदेखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भनिएको छ । फोहोर  बिसर्जन अब रातिको समयमा हुनेछ । जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भए पनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।

तर, प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्यराति भएको सहमतिपत्रमा ककनी गाउँपालिका-१ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका-१ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन् । यस्तै महानगरपालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + six =