मोरङको सरकारी वकिल कार्यालयमा बेहाेस प्रतिवादीको मृत्यु

काठमाडौँ । मोरङको जिल्ला सरकारी वकिलको कार्यालयमा बेहोस भई लडेका ज्यान मुद्दाका प्रतिवादीको मृत्यु भएको छ ।

मोरङ केराबारी गाउँपालिका वडा नं. २ बस्ने ४८ वर्षीय भक्तबहादुर ठकुरीलाई इलाका प्रहरी कार्यालय बेलबारीले ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ गरेकाे थियो । ठकुरी बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धानको क्रममा सोधपुछ गर्दा सोधपुछ कक्षमै बेहोस भई ढलेका थिए । लगत्तै कोशी अञ्चल अस्पताल पुर्याइएका ठकुरीको अपराह्न मृत्यु भएको हो ।

अनुसन्धानपश्चात् उनलाई जिल्ला अदालत मोरङमा पेश गर्ने तयारी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *