सानिमा बैंकले ल्यायो ‘ग्रिन पिन’

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘ग्रिन पिन’ ल्याएको छ ।

‘ग्रिन पिन’ कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसबाट पाएको कोडबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डको पिन परिवर्तन गरेर ग्रिन पिन सुचा? गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त कोड पाएको २४ घण्टामै नजिकैको सानिमा बैंकको एटीएममा गएर पिन परिवर्तन गर्नुपर्ने बैंकले जनाएको छ ।

खास गरी कागजी पिनलाई नि?त्साहित गर्न र डिजिटल बैंकिङलाई अझ सुरक्षित र सुविधा जनक बनाउन बैंकले उक्त ‘ग्रिन पिन’को अवधारणा कार्यान्व्यनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *