ट्राफिक प्रहरीद्वारा ३० वटा चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान माेटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बिच विभिन्न कम्पनीका १९वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरूलाई प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरेका हुन् ।

विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदन पश्वात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरू फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए।

उनले भने, “हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा विशेष सूचना संकलन गरी अपरेसनमा गई मोटरसाइकलहरू बरामद गर्दछन्, चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेका छौँ । अनुसन्धान पश्चात् फेला परेका र बरामद गरेका मोटरसाइकलहरू सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेका छौँ ।”

यस आव. ०७८/०७९ मा ४३१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ४३जना चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागी विभिन्न प्रहरी वृत्तहरूमा पठाएको समेत ट्राफिक कार्यालयले जनाएको छ ।

मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता इकाईबाट सादा पोसाकमा थप ट्राफिक प्रहरी समेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’मा लगइन गरेर अनलाइन मार्फतसमेत निवेदन दिन ट्राफिक कार्यालयले भएमा आफू सजग भई तुरुन्तै खबर गर्न सूचित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *