इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने निश्चित, केही साताभित्रै घाेषणा हुने

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने भएको छ । अन्तिम समयमा पुगेर हिमालयन बैंकका कारण मर्जर भाँडिएर नयाँ मर्जरका लागि बैंक खोजिरहेको इन्भेष्टमेन्टले अब भने मेगा बैंकसँग मर्जर हुने करिब निश्चित भएको बैंक स्रोतले जनाएको छ ।

मर्जरका लागि हालसम्म यी दुई बैंकबीच ४ चरणको छलफल भइसकेको छ ।

मर्जरमा जाँदा स्वाप रेसियोमा भने इन्भेष्टमेन्ट बलियो हुने भएको छ । मर्जरमा जाँदा इन्भेष्टमेन्ट बैंकको १ कित्ता सेयरबराबर एकै कित्ता कायम गरिने तर मेगा बैंककाे भने हाल कायम १ किक्ता सेयरलाई ०.९ कित्ता मात्रै गणना गर्ने गरी सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो) गणना गर्ने गरी छलफल अघि बढेको बताइएको छ ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ । मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यी दुई बैंकको मर्जरबाट बन्ने नयाँ बैंकको चुक्तापूँजी साढे ३४ अर्बभन्दा माथि पुग्ने भएको छ ।

मर्जपछि बन्ने उक्त बैंक नेपालकै ठूलो बैंक बन्ने छ । हाल नेपालकै ठूलो बैंकको रुपमा रहेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

इन्भेष्टमेन्ट र मेगाको मर्जरपछि बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेण्ट बैंक नै रहने र बैंकको सीईओमा हाल इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति प्रकाश पाण्डे र अध्यक्ष पृथ्वीबहादुर पाण्डे नै रहेने समेत सहमति भइसकेको खुलोको छ ।

हाल मेगा बैंकमा काम सीईओ मात्र रहेको र सीईओको पद रिक्त रहेको पनि सीइओमा सहजै सहमति भएको स्रोतको भनाई छ । त्यस्तै, बैंकको सञ्चालकमा भने इन्भेष्टमेन्टबाट ४ जना र मेगाबाट ३ जनाले प्रतिनिधित्व गर्ने गरी सहमति भएको छ ।

केही साताभित्रै यी बैंक बीच मर्जरकाे घाेषणा हुने सम्भावना रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *