साताको चौथो कारोबार दिन बिहीबार १५ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको चौथो कारोबार दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ ।

यस दिन सेयर बजार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १७.५८ अंकले घटेर २०६२.८६ बिन्दुमा ओर्लिएको छ । यस दिन १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५ सय ५४ रुपैयाँमा ४१ लख ५६ हजार १ सय ४ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन कुल २२९ सूचीकृत कम्पनी मध्ये १६० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ३१ कम्पनीको सेयर मूल्य बढेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यस दिन उपकार लघुवित्त, बलेफी हाइड्रो, मिथिला लघुवित्तलगयत कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अंकले बढेको छ । त्यस्तै, सिंगटी हाइड्रो, समिट लघुवित्त, इमर्जिङ नेपाललगायत कम्पनीको सेयर मूल्य घटेका छन् ।

यस दिन १३ प्रकारका कम्पनीहरुको समूगत सूचक मध्ये व्यापारबाहेकका अरु सबै समूहगत सूचक घटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *