डिशहोमका ग्राहकले जिते एक लाख

काठमाडौँ । ‘१ वर्षमा २४ महिना’ योजना अन्तर्गत डिशहोमका ग्राहकले १ लाख रुपैयाँ जितेका छन् ।

डिशहोम डिटिएचका ग्राहकले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने उक्त योजनाको व्यवस्था छ । त्यस्तै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि पाउने छन् ।

उक्त योजनाको व्यवस्था अनुसार भएको गोलाप्रथाबाट ग्राहक मध्येबाट CAS ID 02564153725 भएका ग्राहकले रु एक लाख जित्न सफल भएका छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाइकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफूले आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्ने छ ।

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम सोकेस मा हुने गर्दछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *