कामना सेवा विकास बैंकद्वारा १३ औँ शाखारहित बैंकिङ्ग सञ्चालनमा

काठमाडौँ । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल जेठ २५ गते बुधबारबाट झापा जिल्लाको कमल गाउँपालिका–७ गेउरियामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

कमल गाउँपालिका ७ गेउरिया सन्तोष राईलाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । वडा नं. ७ का अध्यक्ष पृथ्वीपती राईले उक्त शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेका छन् ।

कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश नं. १ का प्रमुख खिमलाल भुसाल, गेउरिया बजार समितीका अध्यक्ष नारायणप्रसाद निरौलालगायत बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावको उपस्थिती रहेको थियो ।

शाखारहित बैंकिङ्गमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने जनाएकाे छ ।

यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *