सिद्धार्थ बैंकद्वारा काली मन्दिर व्यवस्थापन समितिलाई सहयोग

काठमाडौँ । सिद्घार्थ बैंकले काली मन्दिर व्यवस्थापन समितिलाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा बैंकले काली मन्दिरको पूर्वाधार विकासका लागि ५१ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

उक्त सहयोग रकम बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेतले काली मन्दिर व्यवस्थापन समितिका सभापति डा. मीनाक्षी नेपाल, निवर्तमान सभापति सुदर्शनबहादुर श्रेष्ठ र कोषाध्यक्ष सुवर्णभक्त जोशीलाई संयुक्त रपमा हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

मन्दिरको साजसज्जा तथा सुन्दरता झल्काउने पूर्वाधार निर्माणमा उक्त रकम प्रयोग गरिने समितिले जनाएको छ । धार्मिक महत्व र इतिहास बोकेको उक्त मन्दिरको पूर्वाधार विकासले आन्तरिक पर्यटन प्रर्वद्धनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वाधार र सुरक्षा जस्ता क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *