पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएर जनक शिक्षा खारेज गराैँ : सांसद लामा

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद नवीना लामाले पाठ्यपुस्तककाे समस्या समाधान गर्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभा बैठककाे शून्य समयमा बाेल्दै सांसद नवीना लामाले पाठ्यपुस्तकको समस्या समाधान गर्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्ने बताउँदै पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘जनक शिक्षा बचाउने नाममा विद्यार्थीले समयमा किताब पाएनन् । यदि छापेर वितरण गर्न नसक्ने हाे भने जनक शिक्षा किन चाहियाे ? सरकारले किन पैसा दिइरहने ?’

त्यस्तै, विद्यालयमा पुस्तक पुर्याउन नसकेकाेमा जनक शिक्षा जवाफदेही हुनुपर्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *